भ्रष्टाचार बिरुद्धको दिवस दाङमा पनि मनाईयो

 मङि्सर २४, २०७७

तुलसीपुर ।
भ्रष्टाचार बिरुद्धको दिवस आज दाङ लगायत देशभर मनाईएको छ । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार भने रोकिएको छैन ।

नेपालमा भ्रष्टाचारका नयाँनयाँ रुपहरु देखिँदै आएका छन् । सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । यसैविच, दिवशका अबसरमा ¥याली गरि खबरदारी गरिएको छ । अन्र्तराष्ट्रिय भ्रष्टारचार विरुद्ध दिवसको अवसरमा घोराहीमा ¥यालि सहितको कार्यक्रम सम्पन्न भएको हो ।

दाङ घोराहीको ट्राफिक चोक देखि बजारका विभिन्न भाग परिक्रमा गरि तुलसीपुर चोकमा पुगि कोणसभा गरेको हो । हाम्रो नेपाल, हामी नेपाली भ्रष्टाचार बिरुद्धको महाअभियानले घोराहीमा भ्रष्टाचारलाई नियन्त्रण गर्न सबै सचेत बनौ भन्दै ¥याली गरेको हो ।।

तपाईंको प्रतिक्रिया