किसानले जोखिम मोल्दै तरकारी विक्रि गर्न बाध्य

तुलसीपुर ।
लमहीमा व्यवस्थित तरकारी विक्रि केन्द्र नहुदा सडक पेटिमा राखेर तरकारी विक्रि गर्नुपर्ने बाध्यता रहेको किसानको दुखेसो छ । दुर्घटनाको जोखिम मोल्दै सडक पेटिमा तरकारी राखेर विक्रि गरिरहेको किसानले बताउने गरेका छन। स्थानीय तहमा जनप्रतिनिधि आएको करिब तिनवर्ष बितिसक्दा पनि लमहीमा व्यवस्थित तरकारी विक्रि केन्द्र स्थापना हुनसकेको छैन । जस्ले गर्दा किसानहलाई ठूलो समस्या झेल्दै आएको र किसानले उत्पादन गरेको तरकारी सहज रूपमा विक्रि गर्न नपाएको गुनासो गर्ने गरेका हुन् ।
तरकारी उत्पादन गरेपनि विक्रि केन्द्र नहुदा समस्या छ । यता लमही बजारलाई व्यवस्थित गर्नको लागि केन्द्रबाट विनियोजित चालिस लाख बजेट फ्रिज भएको छ । गतवर्ष लमहीका व्यवसायीहरुको अनुरोधमा लमही बजारलाई थप व्यवस्थित गर्न तराई मधेस कार्यक्रम अन्र्तरगतबाट बधशाला निर्माणको लागी विनियोजित चालिस लाख बजेट नगरपालिकाले जग्गा उपलब्ध गराउन नसक्दा उक्त बजेट फ्रिज भएको हो ।
उक्त बजेट प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको पहलमा तराई मधेस कार्यक्रम अन्र्तरगतबाट विनियोजित भएको थियो । लमही बजारलाई व्यवस्थापन गर्नको लागि केन्द्र सरकारले चासोले बजेट विनियोजित गरेर रकम पठाउँछ तर, लमही नगरपालिकाले उक्त बजेट फिर्ता पठाउँछ । जस्ले गर्दा लमही बजार व्यवस्थित हुन नसकेको हो ।
तपाईंको प्रतिक्रिया