लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन

 मङि्सर २५, २०७७

थबाङ ।

लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति समाज सबैको एक्येवद्धता भन्ने मुलनाराका साथ मंसिर १० गतेबाट देशभर शुरु भएको अभियानको आज एक कार्यक्रमका विच समापन गरिएको छ । अभियानको समापनको अवसर पारेर थबाङ गाउँपालिकाले १० जना महिलाहरुलाई सम्मान गरेको छ । ५ वटा वडा रहेको थबाङ गाउँपालिकामा ५ जना महिला सामुदायिक स्वस्थ्य स्वंयसेविका र ५ जना विभिन्न वडाका महिलाहरु आमा समुहमा रहेर सामाजिककार्यमा संलग्न रहेको महिलाहरु लाई गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन कार्यक्रमको अवसर पारेर सम्मान गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष रामकिरणी रोकाले सम्मान पत्रको साथ प्रतिव्यक्ति २ हजार नगद सहित सम्मान पत्र प्रदान र दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो ।

सम्मानीत हुनेमा थबाङ गाउँपालिका वडा १ बाट थामी पुन,राष्टी वि क, भुला रोका, वडा नं २ बाट भिमरासी रोका, ,रुपी रोका वडा नं ३ बाट जुन सरी रोका, सुन कुमारी रोका, वडा ४ बाट दिलपुरा घर्ती र वडा नं ५ बाट जुनमाया रोका र जुनकुमारी रोका रहेका छन् ।

तपाईंको प्रतिक्रिया