असारसम्म लालपुर्जा दिनेगरि काम गर्छाैं: नगर प्रमुख

 मङि्सर २८, २०७७

तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाले भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने कामको सुरुवातका लागि भूमि सम्बन्धि समस्या समाधान आयोगका बीचमा सम्झौता भएको छ । सम्झौतामा उल्लेख भए बमोजिम स्थानीय तहले भूमिहिन, दलित, सुकुम्बासी अब्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरण गर्ने काम गर्नुपर्नेछ ।

सम्झौतामा भुमि सम्बन्धि समस्या समाधान सहजिकरण समिति समेत गठन गर्ने निर्णय गरेको छ । सम्झौता कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका तर्फबाट नगरप्रमुख पाण्डे, उपप्रमुख माया शर्मा र निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमको सहभागिता रहेको थियो । सम्झौता भएसँगै प्रक्रिया सुरुवात हुने र २०७८ असार सम्म जनताले लालपुर्जा पाउने प्रमुख घनश्याम पाण्डेले बताएका छन ।

तपाईंको प्रतिक्रिया