सरकारले अपेक्षा अनुसार काम गरेन: गिरी

 मङि्सर २९, २०७७

तुलसीपुर ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज दाङ सहित देशभर सरकार विरुद्ध विरोध सभा गरेको छ । देशव्यापी कार्यक्रम अन्र्तगत नेपाली कांग्रेस दाङले घोराहीमा विरोध सभा कार्यक्रम गरेको हो । पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले विभिन्न नारा जुलुस लगाउदै घोराही बजार परिक्रममा गरी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्वोधन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बहुमतको कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । पुर्व मन्त्री समेत रहेका गिरीले आफुहरु रानाकाल देखी नै लोकतन्त्रको पक्षमा लामो संर्घष गदै आएको पाटी भएपनि नेपाली जनताले कम्युनिष्टलाई भोट दिएर जिताएको बताउदै उनले अहिलेको सरकारले देश र जनताको लागी केहि गर्न नसकेको आरोप लगाएका छन् ।

सभामा नेपाली कांग्रेसका नेताहरु पार्बती डिसी चौधरी, योगेन्द्र चौधरी, शुसिला चौधरी, डिल्लीबहादुर चौधरी, नेता विमला नेपाली, भेषराज पाण्डे, कमानसिंह भारती लगाएतले सम्बोधन गरेका थिए । पार्टीका जिल्ला सभापती किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको सभाको सहजिकरण सचिब शंकर डाँगीले गरेका थिए ।

बर्तमान सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गएको मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारी लगाएतको विरुद्धमा देशव्यापी रुपमा कांग्रेसले विरोध प्रदर्शन कार्यक्रम गरेको हो ।

तपाईंको प्रतिक्रिया