नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या १७ सय नाघ्यो
तुलसीपुर ।
नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्य हुनेको सङ्ख्या १७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ७ सय १६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ८ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ५ हजार ४ सय २३ पिसिआर परीक्षण गर्दा ३ सय १७ जना महिला र ५ सय ४ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये थप ८ सय ४२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ । यो दर कुल सङ्क्रमितको ९४ दशमलव ९ प्रतिशत हो ।
तपाईंको प्रतिक्रिया