संवैधानिक परिषदको बैठकमा देउवा नजाने

 मङि्सर ३०, २०७७

काठमाडौं ।

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् । सभापतिज्यू आजको बैठकमा जानुहुन्न’ स्वकीय सचिव भानु देउवाले भने ।

यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए । लगतै बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने अध्यादेश ल्याएपछि कांग्रेसले आपत्ति जनाएको छ ।

तपाईंको प्रतिक्रिया