जनता आवास कार्यक्रम: सल्यानमा ५० घर बन्दै

 पुष ०४, २०७७

बुद्धि पुन, सल्यान ।

सल्यानमा जनता आवास कार्यक्रम मार्फत ५० वटा घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्य अनुसार अहिले जिल्लामा ५० वटा घर निर्माण हुने भएका हुन् । तीन नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानिय तह भएको सल्यानमा प्रत्येक स्थानिय तहमा ५/५ वटाका दरले घर निर्माण हुने भएका हुन् ।

अहिले जिल्लामा लाभग्राही छनोट तथा सम्झौताको काम भैरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका प्रमुख विनोद पुनले जिल्लामा घर निर्माण हुने स्थान र लाभग्राही छनोट सँगै लाभग्राहीहरु सँगको सम्झौताको काम भैरहेको जानकारी दिए ।

उनका अनुसार घर निर्माणका लागी प्रत्येक परिवारले ३ लाख ५० हजार रुपैँया प्राप्त गर्ने छन् । उक्त रकमबाट लाभग्राहीले दुई कक्ष सहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ । साथै कुल रकमको १० प्रतिशत खर्च लाभग्राहीले बेहोर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यही आर्थिक बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी जनता आवास निर्माणको शुरु गर्न लागिएको कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया