संवैधानिक परिषद्को नियुक्ति: को कहाँ नियुक्त भए ?

 पुष ०५, २०७७

काठमाडौं ।

मंसिर ३० गतेको संवैधानिक परिषद् बैठकले नियुक्ति सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका ४५ जना पदाधिकारी तथा सदस्यहरुको नामावली संसदीय सुनुवाईका लागि संसद सचिवालयमा पुगेको छ । प्रतिनिधिसभा विघटन भएलगत्तै संवैधानिक परिषद्को पत्र सचिवालयमा पुगेको हो ।

सचिवालयमा पुगेको पत्रअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राई सिफारिस भएका छन् । त्यस्तै मानव अधिकार आयोगको अध्यक्षमा तपवहादुर मगर सिफािरस भएका छन् भने महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली नियुक्त भएकी छन् । परिषद्को सिफारिसमा नेकपा अध्यक्ष प्रचण्ड र प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवाले सिफारिस गरेका व्यक्ति समेत परेका छन् । ओलीले ४५ पदमध्ये १५÷१५ बाँड्ने प्रस्ताव यसअघिनै राखेका थिए । देउवा र सभामुखको उपस्थिति नरहे पनि संवैधानिक परिषदबाट मिलाएरै नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

को–को नियुक्त भए ?

अख्तियार
प्रमुख आयुक्तः प्रेमकुमार राई
आयुक्तः जयवहादुर चन्द
आयुक्तः किशोर सिलवाल

मानवअधिकार आयोग
अध्यक्षः तपवहादुर मगर
सदस्यहरु
मनोज दुवाडी
डा सूर्य ढुंगेल
लिलि थापा
मिहि ठाकुर

निर्वाचन आयोग
आयुक्तहरु
रामप्रसाद भण्डारी
डा जानकी तुलाधर

वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र

महिला आयोग
अध्यक्षः कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा

दलित आयोग
अध्यक्षः देवराज विक
सदस्यहरु
मिना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की

समावेशी आयोग
अध्यक्षः मनप्रसाद खत्री
सदस्यहरु
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान

आदिवासी आयोग
अध्यक्षः रामवहादुर थापा
सदस्यहरु
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई

मधेसी आयोग
सदस्यहरु
जिवछ साह
रेणुदेवी शाह
विजय गुप्ता

थारु आयोग
सदस्यहरु
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी

मुस्लिम आयोग
महमुद्दिम अली
मिर्जाअर्सद बेग

तपाईंको प्रतिक्रिया