ओेली समूहको केन्द्रीय सदस्यमा दाङका १८ जना

 पुष ०७, २०७७

तुलसीपुर ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा दाङबाट केन्द्रीय समितिमा १८ जना मनोनित गरिएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आज बसेको बैठकले घनश्याम पाण्डे, रेवतीरमण शर्मा, अम्मर डाँगी, सरस्वती गौतम, कोमल वली, बिष्णु पौडेल, टोपेन्द केसी, छबिलाल ओली, टिकाराम खड्का, शोभाराम बस्नेत, जितेन्द्र नेपाली, मेनका पोखरेल, गिरिराज केसी, शारदा स्वर्णकार, राममणी नेपाली, ध्रुव आचार्य, मिलन चौधरी, तुलसा केसीलाई मनोनित गरिएको हो ।

तपाईंको प्रतिक्रिया