प्रतिनिधिसभा विघनट बिरुद्ध रिटमाथिको सुनुवाइ आज

 पुष ०८, २०७७

काठमाडौं ।

केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको बिरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । संसद बिघटनको बिरोधमा सर्वोच्चमा १२ रिट परेकोमा एउटा संवैधानिक इजलासमा पठाइएको छ । ११ वटा रिटको पेशी आजलाई तोकिएको छ । संवैधानिक इजलासको पेशी शुक्रबारका लागि तोकिएको छ ।

प्रतिनिधिसभा विघटनलाई मान्यता दिन नहुने दावीसहितको रिट परेको छ भने संवैधानिक परिषदको निर्णय भनेर संसद सचिवालयमा पठाइएको संवैधानिक नियुक्तिबिरुद्ध पनि रिट परेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायतका रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । रिटमा प्रधानमन्त्री, राष्ट्रपति लगायतलाई विपक्षी बनाइएकाे छ ।

तपाईंको प्रतिक्रिया