प्रतिनिधिसभा पुनस्र्थापित हुन्छ: दाहाल

 पुष ०८, २०७७

तुलसीपुर ।
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधि सभा पुनस्र्थापित गरेर सरकार बनाउने बताए । बानेश्वरमा बुधवार दिउँसो बसेको सो समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो।

सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनस्र्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त गरे । प्रचण्ड , नेपाल समूहको संसदीय दलको बैठकमा ११७जना सांसद उपस्थित थिए । राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९३ जना सांसद आजको बैठकमा सहभागी थिए। नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन् ।

तपाईंको प्रतिक्रिया