प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

 पुष १०, २०७७

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । त्यही रिक्त मन्त्रालयहरुमा उनले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

मन्त्रीहरुको सपथ साढे ६ बजे राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, गौरीशंकर चौधरीलगायत मन्त्री हुने बताइएको छ ।

तपाईंको प्रतिक्रिया