राष्ट्रिय सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

 पुष ११, २०७७

तुलसीपुर ।
यही पुस १७ गते राष्ट्रिय सभाको बैठक बोलाउन मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । हिजो साँझ बसेको मन्त्रीपरिषद् बैठकबाट राष्ट्रिय सभाबोलाउनसिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । हिजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार तथापुनर्गठन गर्नुभएको छ । मन्त्रिपरिषद्मानौ सदस्य नया ँथपिएका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ ।

नेकपा भित्रको विवादका कारण ७ मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर भएको हो । नया जिम्मेवारी पाएका मन्त्रीमा स्वास्थ्य तथा जनसङ्ख्यामा हृदयेश त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधिमा कृष्ण गोपाल श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा भानुभक्त ढकाल, कृषि तथा पशुपंक्षीमा पद्मा कुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा डा. शिवमाया तुम्बाहाङ्फे र न्याय, कानून तथा संसदीयमामिलामा लीलानाथ श्रेष्ठ रहनुभएको छ ।

प्रधानमन्त्री ओलीले युवातथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई भने मन्त्रिपरिषद्बाट हटाउनुभएको छ ।

तपाईंको प्रतिक्रिया