दलित अधिकारकर्मि विश्वकर्माले जन्मदिनमा शैक्षिक सामग्री बाडे

तुलसीपुर ।
दाङमा एक दलितअधिकारकर्मिले आफनो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । नेपाल दलित विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष खेमराज विक सेन्चुरीले जन्म दिनको अवसरमा तुलसीपुर ५ मा रहेको ज्ञानज्योती आधारभुत विद्यालयमा अध्ययनरत एक सय बालबालिकालाई कापी र कलम वितरण गरेका हुन ।
फजुल खर्च गरेर जन्मोत्सव मनाउनु भन्दा विपन्न परिवारका बालबालिकालाई शैक्षिक समग्री वितरण गरेको सेन्चुरीले बताएका छन् । सो अवसरमा विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरे,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर विक, दलित युथ एलाईन्सका अध्यक्ष गिता विक, एलाईन्सका केन्द्रिय कोषाध्यक्ष प्रकास सेपाईली, सयुक्त दलित युवा अभियानका सचिव उमेश परियार, शिक्षक लिला परियार, विवेक विक, दलित विद्यार्थी संघ दाङका सदस्य पवित्रा सुनार र नारायण विश्वकर्मा लगाएतको सहभागिता रहेको थियो ।
तपाईंको प्रतिक्रिया