थारु पत्रकार संघले स्थापना दिवस मनाउदै
तुलसीपुर ।
थारु पत्रकार संघ दाङले यही पौष २८ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । आज शनिबार तुलसीपुरमा बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो । स्थापना दिवसमा सिकलसेल एनिमियाबाट पिडित विरामीहरुका लागि रक्तदान गरिने , अन्तक्रिया र थारु समुदायको क्षेत्रमाविभिन्न माध्यमबाट योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने निर्णय गरिएको छ ।
सिकल्सेल एनिमियाबाट ग्रसित व्यक्तिहरुका लागि सहयोग पुगोेस् भन्ने उद्देश्यले सिकल्सेल एनिमियाबाट पिडित विरामीहरुका लागि रक्तदान गर्न लागिएकोे संघका अध्यक्ष नवीन चौधरीले जानकारी दिनुभयो । घोराहीमा रहेको कविला रिसोर्टमा हुने कार्यक्रममा उपस्थितिका लागि अध्यक्ष चौधरीले सबैलाई आग्रह गर्नु भएको छ । जिल्लामा २०६५ सालमा थारु पत्रकार सघको स्थापना भएको होे ।
तपाईंको प्रतिक्रिया