नयाँ स्वरुपको कोरोना भाइरस विश्वका विभिन्न देशमा पुग्यो

 पुष १२, २०७७

अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको रुपान्तरित नयाँ प्रकारको संक्रमण विश्वका विभिन्न देशमा पुगेको छ । युरोपका धेरै देशसँग क्यानडा र जापानमा पनि रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बेलायतमा पहिलोपटक देखिएको सो भाइरसको संक्रमण अहिले युरोपका स्पेन, स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्कसहितका देशमा देखिएको छ। ती देशहरुमा संक्रमण पुष्टि भएकाहरु हालै बेलायतबाट फर्किएका थिए ।

यस्तै क्यानडाको अनतारिओका दम्पतीमा पनि नयाँ स्वरुपको भाइरसको संक्रमण देखिएको हो । तर उनीहरुको ट्राभल हिस्ट्री भने नरहेको स्थानीय अधिकारीले बताएका छन् । जापानमा पनि सो भाइरसको संक्रमण देखिएपछि सोमबारदेखि गैरआवासीय विदेशीहरुलाई एक महिनाका लागि देश प्रवेशमा रोक लगाउने भएको छ । बेलायतबाट आएका पाँच यात्रुमा सो भाइरसको संक्रमण देखिएको थियो ।

तपाईंको प्रतिक्रिया