दाङमा प्रचण्ड-नेपाल पक्षको विरोध प्रर्दशन आज

 पुष १४, २०७७

तुलसीपुर ।

प्रचण्ड – नेपाल पक्षको (नेकपा) तुलसीपुर उपमहानगर स्तरिय बैठकले आज दाङमा हुने बृहत विरोध प्रर्दशनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमका विरुद्ध देशव्यापी रुपमा हुन लागेको प्रर्दशन कार्यक्रम अनुसार घोराहीमा आयोजना गरिने बृहत विरोध कार्यक्रममा सहभागी हुन सवैमा अपिल गरिएको छ । नगर कमिटिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा नेकपा लुम्बिनी प्रदेश कमिटिका सचिव एवं राष्टिय सभा सदस्य जगप्रसाद शर्मा अपारको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।


सो अवसरमा नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, विघठित प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, पुर्व सांसद तथा जिल्ला सचिवालय सदस्य अनारकली मिया, नेकपा दाङका संगठन विभाग प्रमुख कृष्ण भुसाल, जिल्ला सचिवालय सदस्य तारा देवकोटा, सेसुराम भण्डारी लगाएतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण नगर सचिवालय सदस्य संगित बस्यालले गरेका थिए । आज दिउँसो १२ बजे घोराहीमा आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी हुन पार्टीले प्रत्येक वडामा बसको समेत व्यवस्थापन गरेको छ ।

तपाईंको प्रतिक्रिया