रुन्टीगढीको ९० प्रतिशत क्षेत्रमा सडक विस्तार
मनोज पुन, होलेरी ।
रुन्टीगढी गाउँपालिकाको आयोजनामा यातायात गुरुयोजना मस्यौदा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रुन्टीगढी गाउँपालिका अन्र्तगत सडकको तथ्याङ्क,योजना निमार्ण, सडक वर्गिकरण,प्राथमिकीकरण, चक्रपथको सम्भावना, कार्यान्वयनको योजनाको वारेमा वृहत छलफल भएको थियो । रुन्टीगढी गाउँपालिकामा ३०.४२ प्रतिशत खेतीयोग्य जमिन र ५० प्रतिशत वन क्षेत्र भएको जानकारी दिदै गाउँपालिका भित्र ९.८२ ग्राभेल बाटो भएको वताइएको छ ।
सडक निर्माणमा अधिकतम सडक निर्माण गर्ने वडामा रुन्टीगढी ६ मा करिव ८० किलोमिटर सडक निर्माण भएको वताइएको छ । यस्तै न्युनतम सडक निर्माण गर्ने वडाहरुमा रुन्टीगढी ४ नं मा ३९.२७ किलोमिटर र २ नं वडामा ४०.३५ किलोमिटर सडक निर्माण भएको वताईएको छ । आवश्यकता अनुसार अझै ८७ किमी नयाँ सडक वनाउने माग भएर आएको कार्यक्रममा वताइएको छ । कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका वडाअध्यक्षहरुले आआफ्नो वडाको बाटोको अवस्थाको वारेमा र निमार्ण गर्नुपर्ने बाटोको वारेमा जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा रुन्टीगढी गाउँपालिका अन्र्तगत करिव १०५ किलोमिटर वरावर को चक्रपथको प्रस्ताव समेत गरिएको र उक्त कार्य निमार्ण को लागी अनुमानित लागत सम्वन्धी ब्यापक छलफल भएको थियो । कार्यक्रमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले गाउँपालिकामा करिव ९० प्रतिशत क्षेत्रमा सडक विस्तार भएको बताएका थिए । वडास्तर वाट आएको सुझाव लाई आत्मसाथ गर्दै सडक विस्तार गर्नेकुरामा जोड दिएका छन ।
गाउँपालिका अध्यक्ष बुढाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष छमाँया पुन,प्रमुख प्रशासकिय अधिकृत वासुदेव भट्टराई,लेखाप्रमुख झग्गु केसी,ईन्जीनियर शेषमणि पौडेल,रुनटीगढी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधीहरु लयायत को उपस्थिती थियो ।कार्यक्रमको सहजीकरण इन्जीनियर किशोर वगाले थापाले गर्नुभएको थियो ।
तपाईंको प्रतिक्रिया