बाँकेमा थप तीन संक्रमितको मृत्यु
बाँके ।
कोरोनाबाट बाँकेका दुई र बर्दियाका एक जनाको मृत्यु भएको छ । दुई जना पुरुष र एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ६६ बर्षीय पुरुष, कोहलपुर नगरपालिका वडा नम्बर २ का ७३ बर्षीय पुरुष र ठाकुरबाबा ९ बर्दियाकी ८५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
उनीहरु मध्ये दुई जनाको गएराति र एक जनाको आज विहान मृत्यु भएको हो । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ । ती मध्ये ४५ जना बाँकेका र ७७ जना जिल्ला बाहिरका छन् ।
तपाईंको प्रतिक्रिया