बस्ती ब्यवस्थापनमा ध्यान दिउँ: मुख्यमन्त्री पोख्रेल

 पुष १७, २०७७

तुलसीपुर ।

लुम्विनि प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दिगो रुपमा असर नपर्ने गरि बस्ती ब्यवस्थापन गर्नुपर्ने बताएका छन । सरकारले भुमिहिन तथा सुकुम्बासी हरुलाई लालपुर्जा बितरण गर्न लागेको ह्ुदा असुरक्षित बसोबासलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन । जिल्लाका पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि तुलसीपुरमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

आफ्नो पालीकाका नागरीकको सुकुम्वासी समस्या समाधान गर्दा भोलीको असरबारे बुझेर अघि बढ्न सुझाव समेत दिएका छन । भुमि सम्बन्धि समस्या समाधान आयोगको आयोजना तथा तुलसीपुर उपमहानगरपालीकाको समन्वयमा कार्यक्रम भएको हो । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य शोभाराम बस्नेत,प्रदेश सभा सदस्य अमर बहादुर डाँगी लगायतको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिक्रिया