प्रचण्डकै कारण पार्टि यो अवस्थामा आयो: पोखरेल

 पुष १७, २०७७

तुलसीपुर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टि यो अवस्थामा आएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी दाङले तुलसीपुरमा गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन । पार्टि रुपान्तरण नभई विग्रह गर्ने खालको योजना ल्याउदा पार्टि एकतामा संकट पैदा भएको उनले बताएका छन ।

पार्टी कब्जा गर्ने उद्देश्यका पेश भएको अभियोगपत्र फिर्ता लिन आग्रह गरेपनि प्रचण्डले नमान्दा समस्या भएको पोखरेलले बताएका छन । नेकपा स्थायी कमिटी सदस्य समेत  रहेका पोख्रेलले केपि शर्मा ओलीले नेतृत्व गरेर चुनाव जित्ने, अनि आफुले नेतृत्व लिन खोज्ने भन्दै प्रति प्रश्न गरेका थिए ।

पार्टि कार्यालय सदस्य हुकुम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु शान्ता चौधरी, गिरीराज केसी,छविलाल ओली,घनश्याम पाण्डे लगायतले बोलेको थिए ।

तपाईंको प्रतिक्रिया