टिपर दुर्घटना हुदा सहचालकको मृत्यु
प्युठान ।
प्युठान भालुबाङ सडक खण्ड अन्तरगत प्युठानको सरुमारानी – २ दर्भान नजिक टिपर दुर्घटना हुँदा घाइते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको प्युठान नगरपालिका -८ टिकुरी निवासी २१ वर्षीय सहचालक मुनाल भट्टको उपचारका क्रममा बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
आईतबार बिहान दाङको कालाकाटेमा रहेको शुभश्री अग्नि सिमेन्ट्का लागि प्युठानको अरङ्खोलाबाट चुनढुङ्गा बोकेर जाँदै गरेको ना ८ ख ३७०२ नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक र सहचालक घाईते भएका थिए । दुर्घटनामा सो टिपरका चालक शितगंगा नगरपालिका-११ अर्घाखांची निबासी सन्तोष रोका घाईते भएका छन । उनको बुटवलमा उपचार भईरहेको छ।
प्रहरीका अनुसार सडक भासिएर उक्त दुर्घटना भएको थियो।
तपाईंको प्रतिक्रिया