दाङमा बढ्यो काठ तस्करीे, अवैध सालको काठ सहित दुई जना पक्राउ

 पुष १९, २०७७

शिवु खनाल , देउखुरी ।

डिभिजन वन कार्यालय दाङ देउखुरीले राप्ती गाउँपालिकाबाट ३१ थान अवैध सालको काठ सहित दुईजनालाई पक्राउ गरेको छ । आइतवार विहान करिब नौबजे राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटबाट रा १ त २३५१ नम्बरको टेक्टरबाट बजारमा ल्याउदै गरेको (३१.४९ क्युफिट) ३१ थान अवैध सालको काठ सहित दुईजना पक्राउ गरेको डिभिजन वन कार्यालय दाङ देउखुरीका सुचना अधिकारी प्रेमिलाल प्रसादले जानकारी दिएका छन ।

पक्राउ गर्नेहरूमा राप्ती गाउँपालिका वडा नम्बर ९ निवासी २२ वर्षिय जफर मिया र सोहि ठाउँ निवासी १९ वर्षिय मोहम्मद सरोज मिया रहेका छन । उनिहरूलाई वन कार्यालयको हिरासतमा राखि थप अनुसन्धान भइरहेको सुचना अधिकारी प्रसादले जानकारी दिए । काठ र टेक्टर वन कार्यालयको हिरासतमै रहेको वन कार्यालयले जनाएको छ ।

काठ संगै बेल्चा तीन थान, सावेल एक थान, त्रिपाल एक थान र धानको बोरा पाँच थान वन कार्यालयले फेला पारेको हो । लकडाउनको समयमा पनि जिल्लामा काठ तस्कर बढेको थियो ।

तपाईंको प्रतिक्रिया