प्रचण्ड–नेपाल पक्षले पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

 पुष २०, २०७७

काठमाडौं।

प्रचण्ड माधव पक्ष नेकपाले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने निर्णय गरेको छ।

गण्डकी प्रदेश इन्चार्ज रहेका गुरुङको ठाँउमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ। आज बसेको स्थायी कमिटी बैठकले लुम्बनी प्रदेश इन्चार्जमा पोखरेल हटाएर युवराज ज्ञवालीलाई जिम्मा दिएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेपाल प्रेसलाई बताए ।

त्यस्तै गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राखिएको छ। प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ।प्रदेश कमिटी सचिव गोविन्द नेपाली ओली पक्षमा लागेपछि थकालीलाई ल्याइएको हो ।

तपाईंको प्रतिक्रिया