एमसीसी नेपालको हितमा छैन: केसी
तुलसीपुर ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रवहादुर केसीले प्रतिनिधिसभा बिघटन गर्ने कार्य बेमौसमी बाजा भएको बताउनु भएको छ । राष्टिय« जनमोर्चा लमही नगर कमिटिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई लमहीमा शम्बोधन गर्दै केसीले दलको आपसी किचलोले संविधानमै व्यवस्था नभएको संसद बिघटन भएको बताएका थिए ।
अध्यक्ष केसीले देशमा स्थिरता कायम राख्नको लागि संविधान सुझबुझका साथ वनाएको स्मरण गर्दै अस्थिरता सिर्जना गर्न दक्षिणी मूलुकले पटक पटक गरेको मेहनत स्वरुप संसद बिघटन भएको तर्क गरे । अध्यक्ष केसीले अर्को प्रसङ्गमा एमसीसी कुनैपनि हालतमा नेपालको हितमा नभएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा लमही नगर उपाध्यष ताराप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बसन्त आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण लेखराज आचार्यले गर्नुभएको थियो । पत्रकारघाट कार्यक्रममा देउखुरी क्षेत्रका राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । अध्यक्ष केसीले विहीबार घोराहीमा संसद बिघटनको विरोधमा हुने विरोधसभालाई शम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनमोर्चा दाङले जनाएको छ ।
तपाईंको प्रतिक्रिया