ओली पक्ष अनेरास्ववियूद्धारा १ सय २१ सदस्यीय कमिटी गठन
तुलसीपुर ।
नेकपा ओली समुहको अनेरास्ववियू दाङको अगुवा कार्यकर्ता भेला घोराहीमा सम्पन्न भएको छ । सर्जन परियारको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यता भेला भएको हो ।
उक्त भेलाले सर्जन परियारको संयोजकत्वमा १ सय २१ सदस्यीय सम्मेलन आयोजक कमिटी समेत गठन गरेको छ । भेलालाई अनेरास्ववियूका केन्द्रिय कार्यालय सदस्य अमृत बुढा लगायतले सम्बोधन गरेका थिए ।
तपाईंको प्रतिक्रिया