उपाध्यक्ष गौमत राष्ट्रियसभाको सुशासन समितिमा मनोनित

 पुष २३, २०७७

तुलसीपुर ।

राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उहाँलाई सो समितिमा मनोनयन गरिएको हो ।

बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६र०७७ पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक भोलि अपराह्न १ बजे बस्नेछ ।

तपाईंको प्रतिक्रिया