संकटमा परेको बेला भाग्ने अवसरबादी हुन: चौधरी

 पुष २५, २०७७

दाङ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य मेटमणी चौधरीले कार्यकर्तालाई पार्टी संकटमा परेको बेला कसैको पर्खाइमा नबस्न आग्रह गर्नुभयो । राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य चौधरीले पार्टी संकटमा परेको बेला भाग्ने र विशाल पार्टी भएको बेला अवसर खोज्ने त्यस्ता कार्यकर्ता नभइ अवसरबादी रहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी वलिले कुठाराघात गर्ने काम गरेको छन् । यस विरूद्वमा हामी एकजुट भएर लाग्न सदस्य चौधरीले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

तपाईंको प्रतिक्रिया