निर्वाचन प्रक्रिया रोक्न प्रचण्ड–माधव समुहको आग्रह

 पुष २७, २०७७

तुलसीपुर ।
नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्नमागगर्दै अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरु आयोगमा पुगेका छन् । प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेलानिर्वाचन प्रक्रिया अगाडि बढाउनु अदालतलाई दबावदिनु वा अवज्ञा गर्नु जस्तै भएको प्रचण्ड – माधब समुहका नेताहरुले बताएका छन् ।

आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका छन् ।

तपाईंको प्रतिक्रिया