बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप

 पुष २८, २०७७

लण्डन ।

बेलायतमा कोरोना संक्रमणदर नियन्त्रण बाहिर गएसँगै सरकारले कोरोना विरुद्धको खोपलाई व्यापक तुल्याएको छ । बेलायतले हाल तीन किसिमका खोपलाई आम मानिसमा प्रयोगका लागि अनुमति दिएपनि अहिले फाइजर–बायोएनटेक र बेलायतकै अक्सफोर्डद्वारा निर्मित खोपमात्र सञ्चालनमा आएका छन् । अर्को मोडेर्नाको खोपको लागि भने अझै केहि समय प्रतिक्षा गर्नुपर्नेछ ।

कोरोना संक्रमणका दृष्टिकोणले बेलायत अहिलेसम्मकै सबैभन्दा नाजुक अवस्थामा पुगेको बेलायती स्वास्स्थ्यमन्त्री म्याट ह्यान्कक्ले बताएका छन् । हाल बेलायतका अधिकांश क्षेत्रहरुमा कडा प्रतिबन्धसहितको अल्कडाउन सरहको ‘टीयर ४’ लागू गरिएको छ । पछिल्ला दिनहरुमा संक्रमण, मृत्युदर र अस्पतालमा भरान हुनेको संख्यामा महामारी शुरु भए यताकै नयाँ रेकर्ड कायम भएपछि बेलायतको अवस्था झन् नाजुक बनेको हो ।

संक्रमण दर बढेसँगै कोरोना विरुद्धको खोपलाई बेलायत सरकारले प्रथामिकताका आधारमा खोप वितरणमा तीव्रता आइएको छ । हालसम्म २६ लाख ७५ हजार २१३ जनालाई कोरोना विरुद्धको खोप दिइसकेको स्वास्थ्य मन्त्रीले सोमबार जानकारी दिएका हुन् । हाल दिएका खोपमध्ये २२ लाख ८६ हजार ५७२ जनाले खोपको पहिलो डोज मात्र लिएका छन् भने तीन लाख ८८ हजाए ६४१ जनाले खोपको दुईवटै डोज लिइसकेका छन् ।

तपाईंको प्रतिक्रिया