नदिमा बेपत्ता दाङका दुई युवा अझै भेटिएनन्

 माघ ०३, २०७७

तुलसीपुर ।

गएको पुस २३ गते सवारी भेरी नदिमा बस खस्दा बेपत्ता भएका बबई गाउँपालिका ६ कौशिलापुर निबासी बिजय सुनार अझै फेला परेका छैनन् । बोटेचौर—सल्ली बजार सडक खण्डमा भएको बस दुर्घटनामा परी बिजय बेपत्ता भएका हुन् । बिजयसंगै बबई गाउँपालिका ३ का सुमन नेपालीको निधन भएको थियो भने सल्यान कालीमाटीका दिपक सुनार घाइते भएका छन् ।

घाइते दिपकको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दश दिनसम्म पनि बिजय फेला पर्न नसकेपछि परिवारजनले खोजीका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
यस्तै,दाङको राप्ती नदीमा डुवेर बेपत्ता युवक अझै भेटिएका छैनन । राजपुर गाउँपालिका वडा नम्बर २ बस्ने २७ बर्षिय प्रदिप चौधरीको खोजी जारी रहेको रहेको ईलाका प्रहरी कार्यालय गढवाले बताएको छ । माघ १ गते पौडी खेल्ने क्रममा नदीमा डुवेर वेपत्ता भएका उनको अबस्थाबारे अझै सम्म पनि पत्ता नलागेको र खोजि कार्य जारी रहेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया