कमिटीहरु पुनर्गठन गर्न प्रधानमन्त्रीको निर्देशन

 माघ ०६, २०७७

तुलसीपुर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे ।

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न पनिप्रधानमनत्री ओलीले आग्रह गरे ।

तपाईंको प्रतिक्रिया