दंगीशरणका विपन्न परिवारलाई कम्मल
दिप्तीशिखा चौधरी, दंगीशरण ।
थारु कल्याणकारिणी सभा दाङ देउखुरीले दंगीशरणका द्धन्द पिडित तथा विपन्न घर परिवारलाई कम्मल वितरण गरेको छ । आज एक कार्यक्रमका बिच दंगीशरण गाउँपालिकाको कार्यालय हेकुलीमा कम्मल वितरण गरेको जनाएको छ । दंगीशरण गाउँपालिकाका १३ जना द्धन्द्ध पिडितहरुलाई गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी र थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले सो कम्मल वितरण गर्नुभएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले राहत स्वरुपमा द्धन्दपिडितहरुको समस्यालाई मध्यनजर गर्दै कम्मल वितरण गरेको भन्दै सहयोगि सस्ंथाहरुलाई धन्यवाद दिनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकामा रहेका विपन्न वर्ग तथा द्धन्द पिडितहरु अव पनि खुम्चेर बस्नुपर्ने अवस्था नरहेको बताउँनु भयो । सो अवसरमा थारु कल्याणकारीणि सभा दाङका अध्यक्ष भुवन चौधरीले दंगीशरणमा रहेका द्धन्द पिडितहरुका लागि सानो भएपनि सहयोग गर्नका लागि मधेसी एशोसीयसन अमेरीका बाट महाविर चौधरीको सहयोगमा कम्मल वितरण गरेको बताउनुभयो ।
अमेरीकामा रहेका महाविर चौधरीले द्धन्द्धपिडितहरु र विपन्न घरपरिवारलाई जाडो मौसममा राहत स्वरुप कम्मल वितरण गर्नुपर्छ भनेपछि थारु कल्याणकारीणीले समन्वय गरेर यस खालको कार्यक्रम दंगीशरणमा ल्याएको बताउँनुभयो । सो अवसरमा द्धन्दपिडित देव वहादुर सार्किले सरकारले द्धन्दपिडितहरुको समस्या राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो ।
मधेसी एशोसीयसन अमेरीकाको सहयोग तथा थारु कल्याणकारिणी सभा क्षेत्रीय समितिको समन्वय र थारु कालयाणकारिणी सभा दाङ देउखुरीको आयोजना भएको कार्यक्रमको शहजीकरण थारु कल्याणकारिणी सभा क्षेत्र न. ३ का सभापती महेश चौधरीले गरेका थिए । कार्यधmममा १६ जना द्धन्दपिडित तथा विपन्न घरपरिवारलाई कम्मल वितरण गरिएको हो ।
तपाईंको प्रतिक्रिया