दाङ आइपुग्यो कोरोना खोप
दाङ ।
कोरोना भाइरस (कोभिड –१९) विरुद्धको ३ हजार डोज ‘कोभिशिल्ड’ खोप दाङ आइपुगेको छ । खोप दाङ आइपुगेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो । दाङमा खोप भोलीबाट नै लगाउन सुरु गरिने छ । राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराही र प्रादेशिक अस्पताल तुलसीपुरबाट खोप लगाउन सुरु गरिने प्रमुख शाहीले बताउनुभयो ।
भोली विहान ११ बजेबाट खोप लगाउन सुरु गरिने जानकारी दिँदै उहाँले सरकारको निर्देशन अनुसार पहिलो चरणमा दाङमा स्वास्थ्यकर्मीलाई लगाइने बताउनुभयो । पहिलो चरणमा ३ हजार खोप लगाइने र क्रमश छिट्टै अर्को चरणमा पालिका स्तरमा नै खोप लगाउने कार्यक्रम सुरु हुने प्रमुख शाहीको भनाई छ ।
सरकारले पहिले चरणमा स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, फोहरमैला व्यवस्थापनमा खटिन संकलक, चालक त्यसैगरी एम्बुलेन्स तथा शववाहन चालक र सहचालक लगायतलाई खोप लगाउने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बुधबार बिहान १० बजे खोप लगाउने कार्यक्रमको भर्चुअल शुभारम्भ गर्नुहुने छ ।
तपाईंको प्रतिक्रिया