नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान घोषणा
काठमाडौं ।
नेकपा विभाजन पछि बामदेव गौतमले छुट्टै अभियान घोषणा गरेका छन् । गौतमकै संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान घोषणा भएको हो ।
बुधबार ललितपुरमा भेला गर्दै गौतमले ६५१ सदस्यीय अभियान घोषणा गरेका हुन् । अभियानमा हरि पराजुली, माया ज्ञवाली, तुलसा थापा, हिरालाल महर्जनसहितको १७५ सदस्यीय कार्य सम्पादन समिति रहने भएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित दुवै समूहलाई फेरि एकता गराउने वातावरण बनाउने यो अभियान सुरु गरिएको गौतमले बताएका छन् ।
केही समयभित्रै ओली र प्रचण्ड समूहका नेताहरु यो अभियानमा सामेल हुने गौतमले दावी गरेका छन् । तर, सर्वोच्च अदालतमा संसद्को मुद्दा विचाराधीन भएकाले नेताहरु यो अभियान जोडिन नचाहेको पनि उनले बताए । तर, त्यसअगाडि यो समूहको प्रदेश, जिल्ला, पालिका देखि वडा तहसम्म संरचना बनाइने भएको छ ।
तपाईंको प्रतिक्रिया