तुलसीपुरमा ‘टि टावर’ बन्ने

 माघ १४, २०७७

तुलसीपुर ।

तुलसीपुरले फेरी अर्को पहिचान वनाउने भएको छ । उपमहानगरमा आधुनिक टावर निर्माणको काम अगाडी वढ्ने भएको हो । नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचित भएदेखि नै उठाएको तुलसीपुरको पहिचान दिने आधुनिक टावर निर्माणको काम अगाडी वढ्ने भएको हो । तुलसीपुरमा बहुउद्देश्यीय व्यापारीक कम्प्लेक्स वनाउने गरी नगर विकास कोषसँग सम्र्झौता भएको छ ।
नगरप्रमुख घनश्याम पाण्डे र नगर विकास कोषको बीचमा यो सम्झौता भएको हो ।

सम्झौता अनुसार २८ करोड लागतमा निर्माण हुने भवनका लागि नगर विकास कोषले ७० प्रतिशत ऋण दिने भएको छ भने बाँकी ३० प्रतिशत उपमहानगरपालिको व्यहोर्नु पर्नेछ । तुलसीपुरलाई आधुनिक शहरको पहिचान दिनका लागि कम्प्लेक्सले महत्वपूर्ण भुमिका वहन गर्ने नगरप्रमुख पाण्डेले वताए । उपमहानगरपालिका देखि उत्तरतिर पुरानो तरकारी बजारको खाली ठाउँलाई कम्प्लेक्सका लागि छनोट गरिएको छ ।

तपाईंको प्रतिक्रिया