कोराेना विरुद्धको खोप ९ हजार ८४ जनाले लगाए

 माघ १४, २०७७

काठमाडौं ।

कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ देशभर नौ हजार ८४ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको बताए। भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको लगाइएको हो।

प्रवक्ता डा. गौतमका अनुसार प्रदेश १ मा एक हजार दुई सय ५५ जना, प्रदेश २ मा सात सय २६ जना र बागमती प्रदेशमा दुई हजार ६ सय ९४ जनाले खोप लगाएका छन्। त्यस्तै, गण्डकी प्रदेशमा एक हजार आठ सय ४३ जना, लुम्बिनी प्रदेशमा सात सय ३३ जना, कर्णाली प्रदेशमा सात सय ५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन्।

सरकारले पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य लिएको छ। यही माघ ८ गते भारत सरकारले १० लाख खोप उपलब्ध गराएको थियो।

तपाईंको प्रतिक्रिया