थापाको हत्या गरेको आरोपमा एक जना पक्राउ
तुलसीपुर ।
बाँकेको नेपालगञ्जमा राष्ट्रिय अनुसन्धान विभागका सहायक-सूचक प्रविण थापा मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । भक्तपुरबाट १८ वर्षीय विवेक परियारलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रवक्ता (एसपी) गंगा पन्तले बताइन् ।
माघ २ मा नेपालगञ्जस्थित सूर्यगाउँमा सहायक–सूचक प्रविणको शव फेला परेको थियो । हत्यामा संलग्न आरोपी विवेक नेपालगञ्ज उप-महानगरपालिका–६ फुल्टेका स्थानीयवासी हुन् । विभागको जिल्ला कार्यालय बाँकेमा कार्यरत २२ वर्षीय प्रविण बर्दियाका हुन् । हत्यापछि भागेका विवेकलाई ब्यूरोको टोलीले भक्तपुरको चाँगुनारायण–९ स्थित ताथलीबाट पक्राउ गरेको हो । मृतकको टाउकोमा धारिलो हतियारको चोट लागेको छ ।
तपाईंको प्रतिक्रिया