प्रदेश पूर्वाधार कार्यालय स्थापना

 माघ १६, २०७७

तुलसीपुर ।

दाङको राप्ती गाउँपालिकामा स्थापना भएको लुम्बिनी प्रदेश पूर्वाधार कार्यालयको आज उद्घाटन गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले कार्यालयको उद्घाटन गरेका हुन् । संरचना निर्माण भएपछि मात्रै लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सार्ने गरि प्रदेश सरकारले तयारी थालेको छ । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताएका छन ।

साथै उनले लुम्बिनी प्रदेशको देउखुरीमा दोस्रो फेवा तालका रुपमा विकास गर्ने योजना बनाएको समेत बताएका थिए । राप्ती गाउँपालीकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईंको प्रतिक्रिया