प्रचण्ड –नेपाल समुहको केन्द्रीय कमिटी बैठक भोली
तुलसीपुर ।
नेकपा प्रचण्ड–नेपाल समूहले भोली र विहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । संसद् पुनस्र्थापनाहुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा समसायिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७ – ९ मा बसेको थियो । त्यसपछि स्थायी कमिटी बैठक मार्फत् नै पार्टीको निर्णय गर्दै आएको थियो ।
स्थायी कमिटी बैठकबाटै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी हटाउने निर्णय गरेको थियो । बुटवल, विराटनगर र धनगढीमा प्रदेश स्तरीय विरोध सभा गरिसकेको यो समूहले माघ २८ मा काठमाडौंमा प्रदर्शनको तयारी गरेको छ ।
तपाईंको प्रतिक्रिया