तुलसीपुरमा ५ सय बढिले कोरोना खोप लगाए
तुलसीपुर ।
तुलसीपुरमा कोरोना भाईरस संक्रमण विरुद्धको खोप हाल सम्म पाँच सय बढिले लगाएका छन् । कोरोना माहामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, सरसफाईकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वंयम सेविका गरी आज सम्म ५५८ जनाले कोरोना विरुद्धको खोप लगाएको छन् । जसमध्ये आज मात्र १२० जनाले खोप लगाएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।
तुलसीपुर सहित पश्चिम दाङको बबई गाउँपालिका, दंगीशरण र शान्तीनगर गाउँपालिका क्षेत्रको लागी खोप केन्द्र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई तोकिएको छ । गएको बुधवार देखी अस्पतालमा कोरोना विरुद्धको खोप दिन थालिएको छ ।
तपाईंको प्रतिक्रिया