महासंघको २८औ साधारण सभा: दुई दर्जन बढि पत्रकार सम्मानित

 माघ १९, २०७७

तुलसीपुर ।

नेपाल पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिपुल पोखेलले सञ्चार क्षेत्र बलियो भए मात्रै लोकतन्त्र बलियो हुने बताएका छन । नेपाल पत्रकार महासंघ दाङले आज २८औँ बार्षिक साधारणसभा लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले सञ्चार क्षेत्रले समाज बदल्ने गरि न्यायको पक्षमा आवाज बुलन्द पार्नुपर्ने बताएका थिए ।

महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब भुपेन्द्र वलीले गरेका थिए । सो अवसरमा दुई दर्ज बढि पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसरी सम्मानि हुनेमा अविराम पत्रकारिता सम्मानबाट विपुल पोख्रेल,योगदान पत्रकारिता सम्मानबाट केबि मसाल, प्रताप रेग्मी , शारदा शर्मा,पत्रकारिता प्रतिभा पुरस्कारबाट बसुन्धरा गौतम, जितेन्द्र बहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट शरद रेग्मी,विष्णु— भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कारबाट शुसिल बस्नेत,अकिल—टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट नरेन्द्र केसी, चिन्तामणी— जुमना पोख्रेल स्मृति पुरस्कार बाट निमुसंगम घर्ती,पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट संगित बस्याल,शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट अन्नत आरसी ,लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट सुमन केसी, उमा(चन्द्र(गीता रजौरे पत्रकारिता पुरस्कार बाट धु्रबराज न्यौपाने,नदीन स्मृति पत्रकारिता पुरस्कार बाट दिपक ओली, देवकी नन्दन प्रतिभा पुरस्कार बाट किरण गौतम,वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यमकला भुसाल, पत्रकारिता प्रोत्साहन पुरस्कारबाट चन्द्र प्रकाश नेपाली, सवि थारु, शैलेस अधिकारी, प्रियास्मृति गजमेर, रमा नेपाली, भागवत भट्टराई, उमा भण्डारी,यज्ञ बहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कारबाट सन्तोष सुबेदी,ओम प्रकाश सुभद्रादेवी स्मृति पत्रकारिता पुरस्कारबाट शिवराज खनाल,दुर्गा— टिका स्मृति पत्रकारिता पुरस्कारबाट चन्द्र खनाल,रोशन स्मृति पत्रकारिता पुरस्कार बाट राज कुमार चौधरी, नारायणी स्मृति पत्रकारिता पुरस्कार बाट बसन्त पौडेल सम्मानित भएका हुन ।

तपाईंको प्रतिक्रिया