होमस्टेलाई सामग्री हस्तान्तरण
तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ बटोलपुरमा रहेको बटोलपुर सामुदायिक होमस्टे ग्राम सामग्री र साईनबोर्ड हस्तान्तरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रका सामुदायिक होमस्टेहरु व्यवस्थापन तथा आन्तरिक पर्यटन पुनःउत्थान गर्ने अभियान अन्र्तगत बटोलपुर सामुदायिक होमस्टेको सचिवालय संग बृहत छलफल गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष बेद बहादुर केसीले होमस्टेको थप विकास र विस्तारका लागी आबश्यक सहयोग गर्ने बताएका छन् ।
सो अवसरमा होमस्टे सचिवालय समितिका अध्यक्ष महेन्द्र चौधरीले मौलिक पहिचान दिने गरी काम गरेको बताएका छन् । तर आर्थिक अभावका कारण आफुहरुले सोचे अनुसारको काम गर्न नसकेको उनको भनाई छ । उनले अहिले पनि स्थानिय उत्पादन ढिग्री, घ्वाङि, गंगटा, बट्टाई र बंगुर जस्ता परिकार तयार गर्दै आएको जानकारी दिएका छन् । यस्तैगरी मौलिक संस्कृति अनुसार झुम्रानाँच, छोक्रा, सढ्या नाँच देखाउने गरेको उनको भनाई छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रशासन प्रमुख विष्णु कुमारी आचार्यले होमस्टेको महत्व बढाउनका लागी स्थानिय उत्पादनलाई जोड दिनुपर्ने बताएकी छिन् । कार्यक्रमको सहजीकरण पर्यटन शाखा प्रमुख यसोदा वलीले गरेकी थिईन् ।
तपाईंको प्रतिक्रिया