विहीवारदेखि देशभर वर्षा हुने संभावना

 माघ २०, २०७७

काठमाडौं ।

नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले विहीवारदेखि देशभर वर्षा हुने संभावना रहेको छ । यस वर्षको हिउँदमा देशका केहि स्थानमा छिटफुट पानी पर्नु बाहेक वर्षा हुन नसकिरहेको बेला अब भने पानी पर्ने प्रणाली भित्रिन लागेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले अहिलेसम्मको मौसमी अवस्था हेर्दा विहीवारदेखि पानी पर्ने जनाएको छ ।

महाशाखाले यसबारे विषेश बुलेटिन निकालेर जानकारी गराउने तयारी गरेको मौसमविद् शान्ति कंडेलले जानकारी दिइन्। भोलि बेलुकादेखि भित्रिन सुरु गर्ने पश्चिमी वायुको असर पश्चिम क्षेत्रबाटै सुरु भई विहीवारदेखिदेशभर वर्षा र हिमपात हुने कँडेलले बताइन् । लामो समयदेखि बर्षा र हिमपात नहुँदा बालीनालीमा क्षति पुगेको छ । वायु प्रदुषण र सुख्खापन पनि बढको छ। केहि समयअघि पश्चिम र सुदुरपश्चिमका केहि ठाउँमा पानी परे पनि देशका अन्य भागमा पानी परेको छैन ।​

यसैबिच अहिले तराईका अधिकांस स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । धेरैजसो पहाडी भु–भागमा आशिंकदेखि सामान्य बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापिय रेखाको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश नम्बर एक, गण्डकी प्रदेश र सुदुर पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको संभावना रहेको मौसमविद् कँडेलले जानकारी दिइन् ।

तपाईंको प्रतिक्रिया