दाङमा स्वास्थ्य विमा लागु हुदै
तुलसीपुर ।
दाङमा यही माघ ३० गते देखी स्वास्थ्य विमा कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य जोखिम न्यूनिकरण गर्दैै पैसाको अभावमा कोही पनि रोगि भएर बस्नु नपर्ने भन्दै सरकारले दाङमा माघ ३० गते देखी स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने भएको हो । ३० गते घोराहीमा एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्वास्थ्य विमा कार्यक्रमको सुरुवात गर्ने कार्यक्रम रहेको सहजकर्ता नरेश चौधरीले जानकारी दिए ।
जिल्लाका दश वटै नगर तथा गाउँ कार्यपालिका सदस्य, स्वास्थ्यका कर्मचारी र कार्यालयका शाखा प्रमुखहरुलाई स्वास्थ्य विमा कार्यक्रमका बारेमा अभिमुखिकरण गर्ने क्रम जारी छ ।
तपाईंको प्रतिक्रिया