संवैधानिक निकायहरुमा पदाधिकारीको स्वतः नियुक्ति

 माघ २१, २०७७

काठमाडौं ।

संवैधानिक परिषदले बिभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका व्यक्तिहरुको आजै सपथ ग्रहण हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको अहिले बिहान ९ बजे राष्ट्रपति भवन शित्तलनिवासमा सपथ ग्रहण हुँदैछ ।

मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्ति, सिफारिस गरेको थियो । सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सनुवाइको सामना गर्नु परेन । संघीय सांसदको कार्यसन्चालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिस भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय