केन्द्र विवादले उकुस मुकुसमा वडा कार्यालय
बसन्त परियार,तुलसीपुर ।
एउटा कोठा छ, त्यहि कोठामा दराज , टेवुल, कुर्सी, कम्प्युटर कार्याललका कागजात छन । अध्यक्षको कुर्सी देखि लिएर सचिव बस्ने कुर्सी पनि त्यहि छ । सेवा लिन पुग्ने सेवाग्राही कागजात बुझाएर ठोकामा झुम्मिएका हुन्छन । यो दृश्य हो, दाङ शान्तीनगर गाउँपालीकामा वडा नम्बर ३ र ४ को वडा कार्यालयको । साविकको गाविस कार्यालयको एक / एक वटा कोठाबाट वडा कार्यालयले सेवा दिई रहेका छन । नागरीकलाई जसरी भएपनि सेवा दिएपनि वडामा कोहि आउदा दुई चार जना बस्ने ठाउ नभएको वडा नम्बर ३ का वडाध्यक्ष बुद्धिराम तिवारीको भनाई छ ।
‘गाउँपालीकाले फिल्टर दिएको छ,राख्ने ठाउँ समेत छैन ‘ तर वडाबासिले बुझ्देनन् वडाध्यक्ष तिवारीले भने । वडामा भवन निर्माणको लागि बजेट समेत विनियोजन भएको छ । वडा कार्यालयको भवन पातेटाकुरामा बनाउने भनिएता पनि वडा बासीले अपायक पर्ने भन्दै दवाव दिए पछि काम रोकिएको अध्यक्ष तिवारी बताउछन ।
यस्तै वडा नम्बर ४ ले पनि उकुस मुकसमै सेवा दिईरहेको छ । उक्त वडा कार्यालयको भवन हाल रहेको गाउँपालीकाको भवन हो । तर गाउँपालीकाको केन्द्रबारे निर्णय नहुदा समस्या भएको वडाध्यक्ष धन बहादुर केसीको भनाई छ । समस्या भएपनि सेवा लाई निरन्तरता दिएका छौ वडाध्यक्ष केसीले भने । यता,गाउँ कार्याालीकाको सभाले केन्द्र जुम्लेकुला सार्न निर्णय गरेर पठाएको छ । तर केन्द्रबाट यसबारे कुर्नै निर्णय नहुदा वडा नम्बर ४ को कार्यालयमा बस्नु परेको प्रबत्ता रबि बुढाथोकीको भनाई छ ।
३ नम्बर वडाको भवन निर्माणमा ३५ लाख बजेट छुट्याइए पनि यस्को पनि केन्द्रको विवाद कायमै हुदा समस्या प्रबत्ता बुढाथोकीको भनाई छ । गाउँपालीकाको ५ नम्बर वडाको भवन निर्माण हुदै छ । अरु सबै वडा कार्यालय सुविधा युक्त भवनबाट सेवा दिईरहेका छन ।
तपाईंको प्रतिक्रिया