कुकुर खोज्दै ‘लमही नगरपालिका’

 माघ २१, २०७७

देउखुरी ।
दाङ लमही नगरपालिकमा सामुदायिक कुकुरको टोकाइ बढ्न थालेपछि नगरपालिकाले कुकुर बन्ध्याकरण थालेको छ । घरपालुवा कुकुरको तुलनामा छाडा रुपमा पाइने सामुदायिक कुकुरको टोकेपछि रेविज रोग लाग्ने सम्भावना अधिकतम हुने भएकाले रेविज रोग नियन्त्रणको लागि पनि कुकुर लाई बन्ध्याकरण थालिएको हो ।

घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाउने भएकाले रेविजको सम्भावना नहुने भएपनि छाडा छोडिएका कुकरसंग हेलमेल हुंदा घरपालुवा कुकुरबाट समेत खतरा हुने स्वास्थ्कर्मीहरुको भनाइ छ । कुकुरले टोकेका कारण लमही अस्पतालबाट पछिल्लो तीन महिनामा एकसय ५१ जना लाई रेविज विरुद्धको खोप लगाइएको छ । प्रदेश सरकारले लमही अस्पताललाई मासिक एकसय भाइल खोप निशुल्क उपलव्ध गराउने गर्दछ ।

रेविज रोग नियन्त्रणको लागि कुकुर बन्ध्याकरण अभियानले सघाउ पुग्ने विश्वास लमही नगरपालिकाले लिएको छ ।

तपाईंको प्रतिक्रिया