प्रचण्ड– नेपाल समूहको बन्दले दाङ ठप्प
तुलसीपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङमा पनि देखिएको छ । दाङका प्रमुख बजार तुलसीपुर, घोराही ,लमही लगायत बजार क्षेत्र बन्द छन् । यस्तै, विहानी सत्रमा चल्ने शैक्षिक संस्था, उद्योग कलकारखाना सबै बन्द रहेका छन भने अतिआवस्यक सवारीसाधन मात्रै चलेका छन । जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका कुनैपनि गाडि चलेका छैनन ।
सरकारले संवैधानिक पदहरूमा गैर कानुनी नियुक्ति गरेको विरोधमा प्रचण्ड नेपाल समुहले आज आम हड्तालको घोषणा गरेको हो । आमहड्तालको पूर्व सन्ध्यामा हिजो जिल्लाका बिभिन्न स्थानमा भातृ संगठनहरुले राँके जुलुस प्रर्दशन गरेका थिए । तुलसीपुरमा अनेरास्ववियू र युवा संघले प्रदर्शन गरेको राष्टिय युवा संघका नेता सन्तोष वलीले जानकारी दिए ।
यद्यपी नागरिक समाज र अधिकारकर्मीले भने बन्द सदाको लागि बन्द गर्नुपर्ने भन्दै बिरोध जनाएका छन ।
तपाईंको प्रतिक्रिया